युरोपेली संघमा रुसले ग्यास निर्यात घटाउने

रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली संघ ईयू अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास निर्यात घटाउने भएको छ । पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको बताइएको छ ।

ग्याजप्रोमले नर्ड स्ट्रीम–१ पाइप लाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरिएको छ । अहिले ईयूमा भइरहेको ग्यास आपूर्ति आधा कम हुन सक्ने अनुमान छ । जर्मन सरकारले भने ग्यास आपूर्ति कटौती गर्नु पर्ने कुनै प्राविधिक कारण नरहेको बताएको छ ।

यो निर्णयले युरोपेली संघका देशमा जाडो महिनाअघि ग्यास जोहो गर्न थप कठिन बनाउने देखिएको बीबीसीले जनाएको छ । नर्ड स्ट्रिम–१ पाइपलाइनले रुसबाट जर्मनीसम्म ग्यास पुर्याउँछ । यही महिनाको सुरुमा मर्मतका लागि यो पाइपलाइन १० दिन पूरै बन्द गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =