चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष केसीको कार्यकाल दुई वर्षको हुनेछ । गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी नेपालका चर्चित सुरस्टार हुन् । १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *