थुलुङ दुधकाेशीकाे देउसामा लक्ष्मी बैंकको शाखारहित सेवा शुरू

साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकोशी गाउँपालि ८ देउसामा क्ष्मी बैंकको शाखारहित सेवा शुरू भएकाे छ । यसकाे उद्घाटन साेमबार एक औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष असिम राईले गरेका छन् ।

सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउनेगरी बैंकिङ प्रणाली लागू गरेको भएपनि भौगोलिक हिसाबले कठिन भएको भन्दै अध्यक्ष राईले वडा नं. ७ र ८ लाई लक्षित गरी बुडिडाँडामा सेवा सञ्चालन गरिएकाे बताए । जुबु र लोखिमलाई लक्षित गरी केही दिनभित्रै सुकेपोखरीमा पनि यस्तै शाखारहित सेवा सञ्चालन गरिने अध्यक्ष राईले बताए ।

बृद्धबृद्धा तथा अपाङ्गता भएकाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्दा असहजतासँगै महङ्गोसमेत हुने भएकाले स्थानीय सरकारले सहजीकरण गरिदिएको गाउँपालिकाले जनाएको छ । लक्षमी बैंक मुक्लिबाट प्राप्त गर्ने सबै सेवाहरू शाखारहित काउण्टरबाट प्राप्त गर्ने सकिने बैंकका मेनेजर प्रेम बहादुर बस्नेतले बताएका छन् ।

अब देउसाका नागरिकहरू खाता खोल्न, सीमित रकम राख्न तथा पठाउन र झिक्न मुक्लिनै पुग्न नपर्ने उनले बताए ।

स्थानीय सरकारले हरेक नागरिकको समस्यालाई मध्यनजर राख्दै भूगाेलअनुसार टोलमा नै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइने वडा नं. ७ का वडा अध्यक्ष भोजराज कार्कीले बताए । गाउँपालिका प्रवक्तासमेत रहेका कार्कीले वडा तहमा देखिएको समस्या समाधान गर्ने दायित्व वडा सरकारको भएकाले सोहीअनुसार जिम्मेवारी बहन गरेको अवस्थामा नागरिकलाई सहजता मिल्ने उनकाे विश्वास छ ।

देउसामा सञ्चालित लक्ष्मी बैंकको उक्त शाखारहित सेवाका सञ्चालक चुडामणि केसी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =