टी–ट्वान्टी लिगको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारद्वारा लोगो सार्वजनिक

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारले आफ्नो लोगो सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच लुम्बिनीले आधिकारिक लोगो सार्वजनिक गरेको हो ।

कार्यक्रममा टोलीका प्रमुख सञ्जय शर्माले नेपाली क्रिकेटको दायरा फराकिलो बन्दै र लगानी गर्न पाउँदा खुसी लागेको बताए ।

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनीसहित ६ टोलीले सहभागिता जनाउँदै छन् ।

लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *