१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ
२०७९ साउन ९ गते

काठमाडौँ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुर पुनर्वास नगरपालिका ८ घर भएका २४ वर्षीय राकेश विक रहेकाे प्रहरीले जनाएकाे छ ।
राकेशले ती किशोरीलाई काठमाडौँ महानगरपालिका २६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।
२०७९ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








