सर्वोच्चको आदेश : ‘गाई चुनाव चिह्न कसैलाई नदिनू’

काठमाडाैँ । चुनाव चिह्न गाई तत्काल कसैलाई पनि नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन चिन्ह राजनीतिक दलको पहिचानसँग जोडिएको विषयसमेत भएबाट निवेदकलाई पुग्न सक्ने हानी समेतलाई दृष्टिगत गरी प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकले माग गरेको निर्वाचन चिन्ह अन्य कुनै दललाई प्रदान नगर्नु भन्ने आदेश गरेकाे हाे ।
आदेशमा भनिएको छ,असार २७ को निर्णय हाल कार्यन्वयन नगरी यथास्थितिमा राख्नु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ २० क बमोजिम विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।
निर्वाचन आयोगले राप्रपा नेपाललाई गाई चिन्ह दिन नमिल्ने निर्णय गरेपछि अध्यक्ष कमल थापाले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले आइतबार यस्तो आदेश जारी गरेको हो ।








