४ वर्षीय बालिकाको बलात्कारपछि हत्या, ३ जना पक्राउ, १ फरार

काठमाडौँ । चार वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका २ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका १६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझदेखि हराइरहेकी ४ वर्षीय बालिकाको शव फेला परेपछि प्रहरी अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बालिकाको वीरगन्ज महानगरपालिका २ छप्कैयास्थित झाडीमा बालिकाको शव फेला पारेको थियो ।

घटनाबारे थप अनुसन्धानको क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछको क्रममा निज बालक र अन्य ३ जनाको संलग्नतामा ती बालिकालाई जबरजस्ती करणी पश्चात् हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका २ घुसुकपुरस्थितबाट तथा १८ वर्षीय किशोरलाई सोही महानगरपालिका १६ नगवास्थित सडकबाट प्रहरीले पक्राउ शनिवार गरेको हो ।

उनीहरू उपर जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ । घटनामा संलग्न अर्को एक जना फरार रहेका छन् । फरार आरोपितको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *