नागरिकता विधेयकबारे वामदेव- विधेयक आउनू राम्राे हाे, काेही अनागरिक भएर बाँच्न हुँदैन

काठमाडाैँ । राष्ट्रिय सभा सदस्य वामदेव गाैतमले नागरिकता पाउने अधिकारबाट काेही वञ्चित हुन नहुने बताएका छन् । साेमबार राष्ट्रिय सभामा नागरिकता विधेयकमाथि भएकाे छलफलमा भाग लिँदै उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय मान्यता नै पनि काेही नागरिकताविहीन भएर बाँच्न नपराेस् भन्ने हाे । यहाँ काेही पनि अनागरिक भएर बाँच्न हुँदैन । सबैलाई नागरिकता दिनुपर्छ । याे मानेमा नागरिकता विधेयक ठिक छ ।’

तर केही प्रावधान भने सच्याउनुपर्ने उनले बताएका छन् ।

वैवाहिक अङ्गीकृत नागरिकताका सन्दर्भमा दाेस्राे देशबाट आएकाहरूले त्यताकाे नागरिकता त्यागेकाे प्रमाणपत्र भने लिएर आउनुर्ने उनले बताए । त्यसबारे भने सरकारले साेच्नुपर्ने र त्याे सच्याउनुपर्ने उनकाे भनाइ छ । ‘वैवाहिक अङ्गीकृत सम्बन्धमा थाेरै सच्याउनुपर्छ, अन्यथा याे राम्राे छ । त्यताकाे नागरिकता परित्याग गरेकाे प्रमाणपत्र चाहिन्छ । खाली मैले त्यागेँ भनेरचाहिँ पुग्दैन । यसाे भयाे भने दिँदा हुन्छ । जस्ताे काेही भारतबाट आएकाे छ भने उताकाे नागरिकता त्याग गरेकाे प्रमाणपत्रहरू जरुरत पर्छ ।’

उनले याे विधेयकले तराईका आधाभन्दा धेरै जनसङ्ख्याकाे समेत सम्बाेधन गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =