नागरिकता विधेयक राष्ट्रिय सभामा टेबल हुने

काठमाडौं । आज नागरिकता विधेयक राष्ट्रिय सभामा टेबल हुने भएको छ । संघीय संसदअन्तर्गत सोमबार राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे बस्ने छ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार आजको बैठकमा नेपाल नागरिकता पहिलो संशोध विधेयक, २०७९ लाई टेबल गरिने कार्यसूची छ।

त्यस्तै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पठाइएका नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक, २०७६ र ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभामा गराउने सम्भावित कार्यसूची छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =