रूखले किच्यो डाक्टर बन्ने सपना

काठमाडाैँ । विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । ‘बायोलोजी’ विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य उनको थियो ।

तर उनको त्यो लक्ष्य अब कहिल्यै पूरा नहुने भएको छ । आइतबार एक्कासि रूख ढलेर गाडीमा बज्रिँदा उनको मृत्यु भयो । विशेषका बाजे पर्ने समाजसेवी रवीन्द्र खर्बुजाका अनुसार विशेष १२ कक्षा उत्तीर्ण भएपछि एमबिबिएस पढ्ने तयारीमा थिए । ‘डाक्टर बनेर आफ्नो परिवारलाई मात्रै होइन, देशका दिनदुःखीको उपचार गरेर खुसी बनाउँछु भन्थे तर सबैलाई रुवाएर गए,’ खर्बुजाले भने ।

काठमाडौंबाट भक्तपुर आउने क्रममा भक्तपुरको सल्लाघारीमा गुडिरहेको बारख ३५८४ नम्बरको मिनीबसमाथि अचानक रूख ढलेर बज्रिँदा उनको निधन भएको हो । त्यही नै आइपुगेको बा६१प ३९७८ नम्बरको स्कुटरमाथि पनि सोही रूख बजियो । रूख ढल्दा दुवै सवारीसाधनमा सवार गरी तीनजनाको मृत्यु भएको छ । -नागरिक दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *