वीरेन्द्रनगरबाट १६ क्विन्टल बहुमूल्य काइनेटिक पत्थरसहित एक जना पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट अवैध खनिज पदार्थ (काइनेटिक पत्थर)सहित एक जना पक्राउ परेका छन् । आइतबार दिउँसो साढे १२ बजेको समयमा काईनेटिक पत्थरसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीया दीपकबहादुर बस्नेत रहेका छन् । अवैध काइनेटिक पत्थरको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न घरमै पुगेको थियो ।

दिपकबहादुरलाई पक्राउका लागि तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली खटिएको थियो ।

साथै प्रहरीले बस्नेतले घरको कोठा भित्र प्लाष्टिकको थैलोहरूमा लुकाई छिपाई राखेको कालो, सेतो रंगको अवैध उत्खनन गरी ल्याएको खनिज पदार्थ (काइनेटिक पत्थर) जस्तो देखिने वस्तु बरामद गरेको छ ।

उक्त खनिज पदार्थ नापतौल गर्दा १६ क्विन्टल ९१ किलो सात सय ग्राम रहेको छ । बस्नेतलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि खानि तथा भूर्गभ कार्यालय सुर्खेतमा बुझाइएको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *