देउवालाई एसपीपीमा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्न सुझाव दिएको नेपालको दाबी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित विश्वको भूराजनीति तनाव र नेपालको स्थिति विषयक कार्यक्रममा नेपालले एसपीपी सम्झौता नगर्न आफूहरूले प्रधानमन्त्रीलाई दबाब दिएको र अहिले पनि एसपीपीमा सहभागी नहुने भनेर सरकारले गरेको निर्णयको पत्र अमेरिकालाई पत्र लेख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका हुन् ।

कम्युनिस्ट पार्टीकै नेता प्रधानमन्त्री भएका बेला नेपालमा एमसीसी भित्राइएको र कांग्रेसले त्यसलाई अघि बढाएको उनले बताए । आफूहरूले व्याख्यात्मक टिप्पणीबिना पारित गर्नु हुँदैन भनेर अडान लिएकै कारण नेपाल दुर्घटनाबाट बचेको उनको भनाई छ ।

त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुलुकको स्वाधीनताको रक्षाका लागि सबै भन्दा पहिले राजनीति सफा गर्नुपर्ने बताए । हरेक पार्टीहरूमा शुद्धीकरण चलाउनुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।

श्रेष्ठले सरकार जोगाउन खोज्ला राष्ट्रियता नै खतरामा पर्ने संकेत देखा परेको र राजनीतिक स्वार्थलाई त्याग गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =