थप ३ सय ४७ जनामा कोरोना संक्रमण
२०७९ साउन ८ गते

काठमाडौँ । नेपालमा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ३ सय ६० पिसिआर परीक्षणका क्रममा ३ सय ३ जना र १ हजार ५ सय २८ एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, थप ९५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ४ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा ३ हजार १ सय ७७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








