वर्षमान भन्छन्- समाजवादी केन्द्र बनाउने सहमति भइसक्यो

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले समाजवादी केन्द्र बनाउने सहमति भइसकेकाे बताएका छन् । ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, बाबुराम भट्टराईपक्षीय जनता समाजवादी र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ । चुनावमा हामी मोर्चा बनाएरै जान्छाैँ,’ आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेका छन् ।

आसन्न निर्वाचनमा कांग्रेससँग केही क्षेत्रमा मात्रै तालमेल हुनेसमत बताएका छन् । ‘हामी समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छाैँ । कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुनसक्छ,’ उनले भनेका छन् ।

कांग्रेसले आफूले बहुमत लिने र त्यसपछि मात्रै अन्य साझेदारहरूसँग तालमेल गर्ने निर्णय गरेपछि माओवादी चिढिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =