‘सबैतिर आफूले टिकट पाए ठिक, अरूले पाए बेठिक भन्ने प्रवृत्ति देखियो’
२०७९ साउन ७ गते

सुर्खेत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबिचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरू एकजुट हुन नसकेको बताएका छन् ।
सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निरन्तरता एमाले भएको दाबी गरेका छन् । “चुनावमा आफूले टिकट पाए ठिक, अरूले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए पनि जिताउँछु भन्नुपर्नेमा उल्टै असहयोग गरेको पाइयो”, उनले भने, “आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचार–प्रसारमा नजाने र उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति चुनावमा देखियो, यस्तो प्रवृत्ति कम्युनिस्ट आचरणभित्र पर्दैन ।”
एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरू सधैँ जनताको बिचमा देखिनुपर्ने बताए । “पार्टीमा पद पाउनासाथ आफ्नो गाउँमा, क्षेत्रमा पाइला नटेक्ने कार्यकर्ताबाट चुनाव जित्न सकिँदैन, जनतामा माझमा पुगेर सुख–दुःखमा जसले साथ दियो उसैले जित्छ”, उनले भने ।
२०७९ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








