गभर्नरविरुद्ध सांसदहरूलाई विद्यार्थीकाे एसएमएस
२०७९ साउन ७ गते

काठमाडाैँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्ता निकट विद्यार्थीहरूले सांसदहरूलाई एसएमएस पठाएका छन् ।
शनिवार काठमाडौँमा प्रदर्शनमार्गस्थित आरआर क्याम्पसमा भेला भएका नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीहरू गभर्नरलाई पदमुक्त गर्नुपर्ने माग राख्दै सांसदहरू र राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूलाई एसएमएस गरेका हुन् ।
उनीहरूले राजनैतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन नसक्ने भन्दै तत्काल बर्खास्त गर्नुपर्ने जनाएका छन् । आफूहरूको मागका बिच पनि गभर्नरलाई पदमुक्त नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
२०७९ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








