न्यायाधीश नै कांग्रेस केन्द्रीय विभागका प्रमुख रहेको केपी ओलीको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका केन्द्रीय विभागका प्रमुख न्यायाधीश रहेको बताएका छन् ।
शुक्रवार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ओलीले न्यायालय लगायत विभिन्न स्थानमा कांग्रेसका मान्छेहरू रहेपनि राजीनामा दिएको कहिल्यै नसुनेको बताएका छन् ।
उनले रिटाएर भइसकेका मान्छेलाई फकाई पदमा राखेर कांग्रेसले मुलुकमा बेतिथि खडा गरेको आरोप लगाए । एमालेले गभर्नर र एम अधिकारी फरक व्यक्ति भएको भन्दा भन्दै पनि कांग्रेसले एम अधिकारी खोजेको खोजै गरेको उनको भनाइ छ । ओलीले अहिलेको बजेट भ्रष्ट बजेट भएको फुटेज हटाउनुले नै पुष्टि भएको तर्क गरे ।
त्यस्तै, उनले चुनावलाई लक्षित गर्दै सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप समेत लगाए । उनले मुलुकको आर्थिक अवस्था समस्यामा परेको भन्दै न्यूनतम आधारभूत वस्तुहरू स्वदेशमा नै गर्नुपर्ने धारणा राखे ।
उनले एमालेले सदैव निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरूको प्रवर्द्धनलाई बढवा दिने नीति लिएको स्पष्ट पारे ।








