कलकत्तामा घोषणा भएको थियो नेकपा
२०७९ साउन ७ गते

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४४औं स्मृति दिवस, नेपालका कम्युनिस्ट पार्टीहरूले विविध कार्यक्रम गरेर मनाउँदै छन् ।
पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको हो । श्रेष्ठले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेका थिए । उनको जन्म १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो ।
विसं १९९७ मा राणाशासन विरुद्धको आन्दोलनमा आफ्ना दाई गंगाला श्रेष्ठलाई गोली हानी मारिएपछि उनी पनि राणाविरोधी आन्दोलनमा सक्रिय भए । २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी घोषणा गर्दै संस्थापक महासचिव बनेका थिए । श्रेष्ठको उपचारका क्रममा २०३५ साउन ७ गते भारतको राजधानी नयाँदिल्लीमा मृत्यु भएको थियो ।
२०७९ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








