वेस्टइन्डिजमाथि भारतको रोमान्चक जित

काठमाडौँ । वेस्ट इण्डिजविरुद्धको पहिलो एक दिवसीयमा भारतले वेस्ट इण्डिजमाथि ३ रनको जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०८ रन बनाएको थियो। भारतको लागि शिखर धवनले ९७, शुभम गिलले ६४ र श्रेयस ऐय्यरले ६४ रनको पाली खेले ।

३०९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३०५ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि कायल मेयर्सले ७५ रन बनाए भने ब्रान्डन किङले ५४ रनको पाली खेले । भारत र वेस्ट इन्डिजविरुद्धको दोस्रो एक दिवसीय खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *