मौद्रिक नीति सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले शुक्रवार पारित गरेको आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार अपराह्न ४ बजे सार्वजनिक गरेका हुन् ।

कसिलो मौद्रिक नीति अख्तियार गरिएका बताएका गभर्नर अधिकारीले कोभिड १९ प्रभावका बेला लिइएका सरल नीतिहरू कटौती गर्दै लगिने बताएका छन् । कर्जाको गुणस्तर सुधार गर्ने, डिजिटल कारोबारलाई प्राथमिकता दिँदै मौद्रिक नीतिको दायरा बढाउने उनले जनाएका छन् ।

अन्तर बैङ्क ब्याजदरलाई निरन्तरता दिइएको उनले बताएका छन् । वार्षिक लक्षित मुद्रास्फीतिभन्दा कम नहुने गरी नीतिगत दर कायम गरिने उनले बताएका छन् ।

नेपाल जस्तो सानो र आयातमा आधारित मुलुकले ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिति कायम नै राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको उनले बताएका छन् ।

आर्थिक स्थितिलाई स्थायित्व दिने गरी ब्याजदर करिडोर कायम गरिएको उनले बताए ।

याे पनिः के हो मौद्रिक नीति ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *