के हो मौद्रिक नीति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रवार नेपालको मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् ।

प्रत्येक वर्ष बजेट सार्वजनिक भएको केही समयपश्चात् केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ ।

राष्ट्र बैंकका अनुसार मौद्रिक नीति भनेको समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति हो ।

मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

मौद्रिक नीतिले अर्थव्यवस्थामा मौद्रिक व्यवस्थापन, ब्याजदर व्यवस्थापन, वित्तीय क्षेत्र सुदृढीकरण, भुक्तानी प्रणालीमा सुदृढीकरण, विदेशी विनिमय व्यवस्थापन, वित्तीय पहुँच जस्ता उपायमार्फत नियमन र सन्तुलन कायम गरी समष्टिगत आर्थिक उद्देश्य प्राप्ति गर्न सघाउ पुर्‍याउँछ ।

मुद्रास्फीर्ति नियन्त्रणको साथसाथै मौद्रिक स्थिरता कायम राख्ने उद्देश्यले देशको केन्द्रीय बैकले मुलुकको अर्थतन्त्रको माग एवं आपूर्तिको अवस्था हेरी मुद्रा ब्याजदर र कर्जा सम्बन्धमा अवलम्बन गर्ने नीति हो मौद्रिक नीति ।

अर्थव्यवस्थामा मूल्य ,आम्दानी तथा रोजगारीको स्तरलाई अनुकूल बनाएर आर्थिक तथा व्यावसायिक क्रियाकलापलाई व्यवस्थित रूपमा सञ्चालन गर्न केन्द्रीय बैंकले अपनाउने नीतिलाई मौद्रिक नीति हो ।

नेपालमा नेपाल राष्ट्र बैक ऐन, २०५८ जारी भएपछि २०५९ साल आव २०५९/६० बाट नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष सरकारले बजेट पारित गरेलगतै बजेटलाई अनुकूल हुनेगरी मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nine =