पत्रकारहरूलाई प्रधानमन्त्रीकाे आग्रह- प्रेस स्वतन्त्रताको आडमा जिम्मेवारी नभुल्नुस्

काठमाडाैँ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रमा सरकार प्रतिबद्ध रहेकाे बताएका छन् । शुक्रबाबाट हेटाैंडामा शुरू भएकाे नेपाल प्रेस युनियनकाे ९औं महाधिवेशनकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘पत्रकाहरूले प्रेस स्वतन्त्रताकाे आडमा आफ्नाे जिम्मेवारी र उत्तरदायित्व भुल्नु हुँदैन ।’

उनले पत्रकारहरूकाे काँधमा समाज परिवर्तनकाे ठूलाे जिम्मेवारी भएकाे उल्लेख गर्दै भने, ‘समाज परिवर्तनका लागि हामीले सबैले आ-आफ्नाे क्षेत्रबाट याेगदान गर्नुपर्छ । त्यसमा पत्रकारहरू पनि मुख्य हुन् । त्यसमा यस क्षेत्रलाई अझ मर्यादित र जिम्मेवार बनाउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =