विश्वव्यापी पहिचान बनाउँदै ​एलसीसीआईको ‘हस्पिटालिटी म्यानेजमेन्ट कोर्स’

काठमाडाैँ । एलसीसीआई ग्लोबल क्वालिफिकेन्ससले हस्पिटालिटी म्यानेजमेन्ट विषयमा अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रमको विकास गरेको छ । स्कटल्यान्ड र स्विट्जरल्यान्डको हस्पिटालिटी म्यानेजमेन्ट विषयका विज्ञ र नेपाली पर्यटन क्षेत्रका विज्ञहरू मिलेर उक्त कोर्सको विकास गरेका हुन् ।

नेपालको पर्यटन क्षेत्रमा अनुभव प्राप्त विज्ञहरूको परामर्श र सहयोगमा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सेवा प्रदायक संस्थालाई सुहाउने जनशक्तिमा हुनुपर्ने दक्षताको पहिचान गरी कोर्सको विकास गरिएको एलसीसीआईले जनाएको छ ।

एलसीसीआईले देशभरका १८ वटा होटल म्यानेजमेन विषयमा तालिम दिने संस्थामार्फत हस्पिटल म्यानेजमेन्ट कोर्स सञ्चालन पनि गरिरहेको छ । हस्पिटल म्यानेजमेन्ट तालिममार्फत वार्षिक ६०० दक्ष जनशक्ति उत्पादन भइरहेको एलसीसीआईको भनाइ छ ।

कोर्सअन्तर्गत तालिम प्राप्त जनशक्तिको व्यावहारिक ज्ञान एकदमै उच्चस्तरको भएकोले देशभित्र वा बाहिर राम्रा राम्रा होटलमा उनीहरूले रोजगारीको अवसर प्राप्त गरेकाे छ । यो कोर्स व्यावसायिक शिक्षाको क्षेत्रमा कार्यरत स्कटल्यान्ड सरकार मातहतको स्कट्टिस क्लालिफिकेस अर्थोरिटीबाट गुणस्तरको सुनिश्चितता भएको एलसीसीआइले जनाएको छ ।

एलसीसीआईका अनुसार ‘डेभ्लप्ड इन नेपाल रिकोग्नाइज ग्लोबल’ नाराका साथ सञ्चालनमा आएको यो कार्यक्रममा विदेशका थुप्रै होटल म्यानेजमेन्ट तालिम सञ्चालन गर्ने संस्थाले रुचि देखाएका छन् । यसै सिलसिलामा सन् २०१९ देखि बङ्गलादेशको International Culinary Institute भन्ने संस्थाले एलसीसीआईको कोर्सअन्तर्गत तालिम सञ्चालन गरिरहेको छ । हालसम्म उक्त संस्थाबाट २ ब्याच विद्यार्थी पास आउट भइसकेका छन् ।

एलसीसीआईले रुवान्डाको होटल स्टार एकेडेमीसँग पनि हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रम सञ्चालन गर्ने सहमति गरेको छ । हालै एलसीसीआईले उक्त संस्थागत हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *