संसद् बैठक : नागरिकता विधेयक पास गर्ने कार्यसूची

काठमाडाैँ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा नागरिकता विधेयक पास गर्ने कार्यसूची छ ।

नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका लागि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =