एसपिपी नहुने भएपछि अन्य नामबाट सैन्य सम्झाैताकाे प्रयास हुँदैछ : देव गुरुङ

काठमाडाैँ । माओवादी केन्द्रका सांसद देव गुरुङले सरकारले एसपिपी पारित नहुने भएपछि भित्रभित्रै अर्कै नामबाट एसपिपी सम्झौता गर्ने तयारी भइरहेकाे हुनसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बिहीवार बाेल्दै गुरुङले अन्य विभिन्न नाममा सैन्य सम्झौताको प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपिपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै उनले फरक शीर्षकमा भित्रभित्रै सैन्य सम्झौता गर्न लागिएको बताएका हुन् ।

उनले भने, ‘एसपिपी सम्झौता नहुने भन्ने कुरापछि अन्य वैकल्पिक नामहरूबाट, कन्टेन त्यही राखेर अन्य विभिन्न नामबाट वर्कआउट गरिराखेको बुझिन्छ । म्युचुअल डिफेन्स ट्रिटीको नामबाट पनि त्यो प्रयास चलिरहेको छ । स्ट्राटेजी डिफेन्स प्याक्ट भनेर पनि प्रयास चलिरहेको छ । कन्टेन त्यही तर नाम परिवर्तन गरेर काम गर्ने कुरा अमेरिकी पक्षबाट भइरहेको छ । ती कुरा हुन नसके स्टाटस अफ फोर्स एग्रिमेन्ट (सोफा) भनेर भनिन्छ, एमसिसीमा टेकेर सोफोको नामबाट अर्को सैन्य एग्रिमेन्ट गर्ने भन्नेतर्फ पनि प्रयास चलिरहेको छ । पिस को–अपरेसन एग्रिमेन्ट भनेर शीर्षक राखेर सम्झौता गर्ने प्रयास भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =