जब एसपीपी सम्झौता नगर्नेबारे रुलिङको माग गर्दै भीम रावलले २० मिनेट छोडेनन् संसद्को रोस्टम

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै राेस्टम नछाडेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङकोमा माग गर्दै राेस्टम नछाडेपछि बैठक प्रभावित भएको हो । बैठकमा सभामुखको अध्यक्षता गरेकी सत्या पहाडीले ध्यानाकर्षण भएको र पटकपटक बस्न अनुरोध गर्दा पनि रावलले भने रुलिङ नभएसम्म राेस्टम नछाड्ने अडान राखेका थिए । सो क्रममा केही सांसदहरूले नियमापत्ति समेत गरेका थिए ।
त्यस लगतै सभामुख अग्नि सापकोटा आएर रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताएको विषयान्तर नगर्न आग्रह गरे । तर रावलले भने एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नुपर्ने दोहराए ।
त्यसपछि सभामुख सापकोटाले केही बेरका लागि संसद् बैठक स्थगित गरेका थिए । १५ मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभा बैठक भने सहजरूपमा अघि बढेको थियो ।








