अधिकारी राष्ट्र बैंकमा रहेसम्म आर्थिक सूचकांक बिग्रन्छ : अध्यक्ष पराजुली

काठमाडौँ । सत्तानिकट संयुक्त विद्यार्थी संगठनहरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा कालो ब्यानर टाँसेका छन् ।

राजनीतिक दलको सदस्य भएका व्यक्ति राज्यको महत्त्वपूर्ण पदमा बस्न नहुने भन्दै उनीहरूले विरोध प्रदर्शन सहित बालुवाटारमा कालो ब्यानर टाँसेका हुन् ।

उनीहरूले गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राखेका बताएका छन् । नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अधिकारी राष्ट्र बैंकमा रहेसम्म मुलुकको आर्थिक सूचकांक बिग्रने दाबी गरे ।

उनले अहिलेको सरकारलाई असफल बनाउने नेतृत्व अधिकारीले गरेको भन्दै राजीनामा दिन सुझाव दिए ।

उनले गभर्नरले राजीनामा नदिए संयुक्त विद्यार्थीको आन्दोलनबाट हटाउने चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *