राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक दासानायकेले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् ।

उनले बुधवार पत्रकार सम्मेलन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । उनले राजीनामाको कारण व्यक्तिगत भएको बताएका छन् ।

पुबुदुले यसअघि सन् २०११ देखि २०१५ सम्म पहिला पटक नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । उनले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *