ओलीकाे ‘घुर्की’ मिसिएकाे आह्वान- वामपन्थी काेही भए गठबन्धन छाेडेर आउ (भिडिओसहित)
२०७९ साउन ४ गते

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘वास्तविक’ वामपन्थी पार्टीसँग आफ्नो पार्टीले सहकार्य गर्नसक्ने बताएका छन् । बागमती प्रदेशस्तरीय बृहत् भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार गठन गरिपाउँ भनेर अदालतमा निवेदन हाल्नेहरूलाई कसरी वामपन्थी भन्ने ? वामपन्थीको चरित्र यस्तै हो भने हामी त वामपन्थी भएनाैँ । मैले भनेकाे छु, यदि वामपन्थी छाै काेही भने गठबन्धन छाेडेर आउ, त्यसका लागि एमाले खुला छ ।’
उनले गठबन्धनमा रहेका अन्य दलहरूलाई कांग्रेसले कहिलेकाहीँ झिल्काे निस्कनेगरी झापट हान्नेसमेत बताए । त्यसबेला कांग्रेसकाे खुट्टा समातेर रुने क्यारिकेचर गर्दै उनले भनेका छन्, ‘ठूलाे छु भन्दैमा हामीलाई नहेप ।’
२०७९ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








