एकीकृत समाजवादी अभिमुखीकरण जारी
२०७९ साउन ४ गते

काठमाडाैँ । नेएकीकृत समाजवादीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई दिइने दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण आजदेखि शुरू भएकाे छ । बैठक बिहान ११ बजेदेखि काठमाडाैँकाे थापागाउँस्थित अर्पण ब्यङ्क्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन भएकाे कार्यक्रम अहिले जारी छ ।
प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरू सहभागी छन् । प्रशिक्षण आज र भोलि सञ्चालन हुनेछ । जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिँदैछ ।
२०७९ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








