राज्यका अंगहरू गठबन्धनका मतियार बने : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका संस्था र अंगहरू अपवित्र पाँच दलीय गठबन्धनका मतियार बनेकाे बताएका छन् ।

वाग्मती प्रदेशस्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै ओलीले राज्यका अंगकाे दूरुपयाेग गर्ने काम भएकाे बताएका हुन् । उनले राज्यका अंगहरूलाई जथाभावी दबाब दिने, त्रास र आतंकभित्र राखेर दुरुपयोग गर्ने काम भएको बताएका हुन् ।

ओलीले सबै विषयको समाधान समयमा नै निर्वाचन गराउनु भएको बताउँदै निर्वाचनको परिणामबाट देशभक्त र राष्ट्रभक्त सरकार बन्ने जिकिर गरे । गठबन्धन सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको उनकाे भनाइ थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =