शैक्षिक परामर्श व्यवसायीले शिक्षा मन्त्रीलाई बुझाए १२ बुँदे ज्ञापन

काठमाडौँ । शैक्षिक परामर्श व्यवसायीले शिक्षा मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को तर्फबाट निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेको नेतृत्वमा मंगलबार १२ बुँदे ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनमार्फत अलग नियमावलीका साथ व्यवस्थापन गरिनुपर्ने, सेवा सञ्चालन स्वीकृतिको विषय, शैक्षिक परामर्श, भाषा शिक्षण तथा भाषा परीक्षा सञ्चालन केन्द्रलाई सुरक्षण कोष (धरौटी)को औचित्यलगायतको विषयलाई सम्बोधन गर्न माग गरिएको छ ।

शैक्षिक परामर्श क्षेत्रको समग्र व्यवस्थापनका निमित्त तत्काल आवश्यक पहलकदमी हुन अनुरोध गरिएको थियो । सो क्रममा उपाध्यक्ष शेषराज भट्टराई, महासचिव दीपकराज भुसाल, सल्लाहकार लोकेन्द्र सुवेदी, सदस्य फिलिप डिसी. तथा शैक्षिक परामर्श व्यवसायी प्रेम चापागाईँको सहभागिता थियो ।

यस्ता छन् मागहरू
१. अलग नियमावलीका साथ व्यवस्थापन गरिनु पर्ने सम्बन्धमा
२. सेवा सञ्चालन स्वीकृतिका विषयमा
३. शाखा सञ्चालनका सम्बन्धमा
४. शैक्षिक परामर्श, भाषा शिक्षण तथा भाषा परीक्षा सञ्चालन केन्द्रलाई सुरक्षण कोष(धरौटी)को औचित्यको सम्बन्धमा ।
५. वैदेशिक अध्ययन अनुमति पत्र (NOC) -(जापान लगायत अन्य देश ) र NOC सम्बन्धी विविध विषयमा।
६. शैक्षिक शुल्कको बिमा सम्बन्धमा ।
७. विद्यार्थी कल्याण कोषको व्यवस्था सम्बन्धमा।
८. विदेशी लगानीका सम्बन्धमा ।
९. अनाधिकृत अनलाइन पोर्टल मार्फत भई रहेको परामर्श तथा भर्ना प्रक्रिया तत्काल बन्द गर्नु पर्ने सम्बन्धमा।
१०. विदेशी संस्थाका सम्पर्क कार्यालय तथा फ्रेन्चाइज मार्फत व्यवसाय गर्न बन्द गरिनु पर्ने सम्बन्धमा ।
११. मेडिकल शिक्षा तथा साझा प्रवेश परीक्षामा हाल विद्यमान व्यवस्थामा सुधार आवश्यक भएको सम्बन्धमा ।
१२. टिआइटिआई मार्फत हुने शैक्षिक परामर्शदाता सम्बन्धी तालिमका विषयमा पुनर्विचार गरिनु पर्ने सम्बन्धमा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *