आज यी नदीमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशका केही नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली र पश्चिम सेती र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ ।

पश्चिम राप्ती, बबईका तराई भई बहने सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बहाव वृद्धि भई केहीमा सतर्कता आसपाससम्म पुग्न सक्ने अनुमान महाशाखाको छ । बाँके, बर्दिया, कैलाली भई बहने साना नदी र डुबान भइरहने होचा स्थानमा हुनेहरूले आज उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =