इच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ
२०७९ साउन ३ गते

काठमाडौं । सिभिल सहकारी ठगीको मुख्य योजनाकार इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् । ठगीसम्बन्धी कसुर तथा संगठित अपराध मुद्दामा रामशाहपथबाट उनी मंगलबार पक्राउ परेकी प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतबाट गत पुस २७ गते पक्राउ पूर्जी जारी भई सुरुदेखि नै फरार रहेकी प्रतिवादी तामाङ झण्डै ७ महिनापछि पक्राउ परेकी हुन् ।
२०७९ साउन ३ गते
प्रतिक्रिया








