तोकिएकै समयमा संसद् भवन निर्माण सक्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माधीन संघीय संसद् भवन निरीक्षण गरेका छन् । सिंहदरबार परिसरभित्र निर्माण भइरहेको भवनको मंगलबार मन्त्री चौधरीले निरीक्षण गरेका हुन् ।
उनले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए । निरीक्षणका क्रममा मन्त्री चौधरीले संसद् भवन निर्माणको कार्य प्रगति विवरणबारे जानकारी लिएका थिए ।
उनले भने, “संसद् भवन हाल भइरहेको काम सन्तोषजनक देखिँदैन । करिब ४५ प्रतिशत नै काम सकिएको पाइएको छ । यद्यपि यसलाई समयमै निर्माण सम्पन्न गर्न लाग्नुहोस् । नयाँ बन्ने संसद् साँच्चै सुविधायुक्त हुनुपर्छ ।”
उनले निर्माणाधीन भवनमामा सांसदहरूका लागि उपलब्ध हुने सुविधा लगायतका बारेमा चासो राखेका थिए । यस्तै मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंहले निर्माण कम्पनीका प्रतिनिधिलाई समयमै काम सक्न निर्देशन दिए ।
उनले विभिन्न बहानामा म्याद थप नगरिनमा जोड दिँदै गुणस्तरीयता सम्झौता गर्न नहुने बतए । उनले मन्त्रालयका तर्फबाट हुने आवश्यक सबै खालको सहयोग गर्न आफू तत्पर रहेको समेत बताए ।
उनँले भने, “बाहिर संसद् भवन कहिलेसम्म बन्छ भन्ने प्रश्न उठिरहेको छ । त्यस कारण पनि संघीय संसद्को निर्माण कार्य समयमै सक्नुपर्छ । मन्त्रालयको तर्फबाट आवश्यक पहल र सहजीकरणको लागि हमेशा तत्पर छु । यो वा त्यो बहानामा म्याद थप्ने काम हुँदैन । भवनको गुणस्तरलाई ध्यानमा राखेर काम गर्नुस् । ”
यस्तै विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय का प्रमुख दिलीप शेखर श्रेष्ठले निर्माणाधीन संसद् भवनको प्रगति विवरणबारे मन्त्री समझ ब्रिफिङ गरेका थिए । उनले नयाँ बन्ने संसद् भवनका विभिन्न आयामबारे पनि जानकारी दिएका थिए ।








