स्कटल्यान्ड सिरिज खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता (भिडिओसहित)

काठमाडौँ । आइसिसी विश्वकप लिग टू अन्तर्गतको स्कटल्यान्ड सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोली मंगलबार अपराह्न नेपाल आइपुगेका हुन् । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ(क्यान) का पदाधिकारीले स्वागत गरे । स्वदेश फर्केपछि कप्तान सन्दीप लामिछानेले अबको मुख्य लक्ष्य एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नु रहेको बताए ।

आफू मैदानमा कप्तान भन्दा पनि खेलाडीको रूपमा रहने उनले बताए । उनले बारम्बार क्रिकेट खेलिरहनु राम्रो कुरा भए पनि सकारात्मक नजिता निकाल्न नसकेको बताए । लामिछाने आगामी दिनमा सबै चुनौती पार गरेर राम्रो नजिता निकाल्ने प्रयास गर्ने जिकिर गरे ।

त्यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नयाँ परिस्थितिमा जीत निकाल्न कठिन भए पनि नयाँ अनुभव हासिल भएको बताए । उनले नेपाललाई एक दिवसीय मान्यता कायम राख्न आगामी दिनमा मेहनत गर्नुपर्ने धारणा राखे ।

स्कटल्यान्ड सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई दुई खेल खेलेको थियो । सिरिजको ४ खेलमा नेपाल एक खेलमा मात्र विजयी भएको थियो ।

नामिबियासँगको दुई खेलमा दुवैमा नेपाल पराजित भएको थियो । घरेलु टोलीसँग नेपालले एक खेलमा जित र एकमा हार व्यहोरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *