विशेष संसदीय समितिले निवर्तमान अर्थमन्त्री शर्मालाई बाेलायाे
२०७९ साउन ३ गते

काठमाडौँ । करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गरिरहेकाे विशेष संसदीय समितिले निवर्तमान अर्थमन्त्री जनादर्न शर्मालाई बाेलाएकाे छ ।
समितिको मंगलबार बसेको बैठकले शर्मालाई बोलाउने निर्णय गरेकाे हाे ।
यसअघि समितिले अर्थमन्त्रालयकाे बजेट बनाउने टिमसँग समेत छलफल गरेकाे थियाे । यसका साथै समितिले सिसिटिभी फुटेजसमेत मगाएकाे थियाे ।
अर्थमन्त्रालयले जेठकाे साटाे असारकाे सिसिटिभी फुटेज पठाएपछि समितिले सिसिटिभी रिकभर गर्ने सफ्टवेयरसमेत मगाएकाे छ ।
२०७९ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








