राप्रपाका ४ नेताले छोडे पार्टी, सर्वसत्तावाद लादेको आरोप

काठमाडौँ । राप्रपाका ४ नेताले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् ।

पार्टी परित्याग गरेकाे घाेषणा गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी रहेका छन् । उनीहरूले मंगलवार संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनीहरूले राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको भन्दै यस्तो अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नभएको उल्लेख गरेका छन् ।

​‘राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका छौँ’, नेताहरूले विज्ञप्तिमा भनेका छन् ।

यसअघि पार्टीले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =