सबै प्रदेशबाट लाइसेन्स छाप्ने व्यवस्था गर्छाैं : मन्त्री राई
२०७९ साउन ३ गते

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन् ।
मङ्गलबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकार भित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् ।
उनले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ट नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने बताए ।
२०७९ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








