राज्यले इमानदारी देखाएन, अन्तिम लडाई हुन्छ : विप्लव
२०७९ साउन २ गते

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूसँग भएको सहमति कार्यान्वयन गर्न राज्यले इमानदारी नदेखाएको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विप्लवले राज्यले आफूहरूसँग तीन बुँदे सहमति गरे पनि इमानदारीका साथ कार्यान्वयन नगरेको बताएका हुन् ।
उनले अहिले पनि आफ्ना ४० जनाभन्दा बढी कार्यकर्ता जेलमा राखेर राज्यले षडयन्त्र गरेको जिकिर गरे । अहिले राज्यमा बसेर स्वार्थका आधारमा काम गर्नेविरुद्ध लड्ने बेला आएको उनको भनाई छ ।
विप्लवले देशको ढुकुटी डुबाउने, देशको अर्थतन्त्र तहसनहस बनाउने काम भएको र जनताको आवाज नसुन्ने प्रवृत्ति हाबी भएको जिकिर गरे । उनले दलाल पुँजीवादका जराहरू फाल्न अन्तिम लडाई हुने तर्क गरे ।
उनले मुलुकमा आर्थिक क्षेत्रमा ठूलो संकट देखा परेको धारणा पनि राखे ।
२०७९ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








