उकालो लाग्दै कोरोना, एकैदिन ४५७ जनामा संक्रमण, १ को मृत्यु

काठमाडौँ । नेपालमा थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ४१ पिसिआर परीक्षणका क्रममा ३ सय ८६ जना र २ हजार ३ सय १० एन्टीजेन परीक्षणका क्रममा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार थप ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ६४ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार ७ सय ७६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =