वडाध्यक्षलाई स्वीमिङ पुलमा धकेल्ने प्रहरीलाई कारबाही गर्न एमालेकाे माग

काठमाडौँ । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर सभामा प्रहरी ज्यादती भएको भन्दै प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा भट्टराईले उक्त घटनामा डिएसपीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पोखरीमा धकेलेको देखिएको भन्दै प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेका हुन् । उनले तिलोत्तमा प्रकरणको अनुसन्धान हुनुपर्ने र सत्यतथ्य जानकारी सदनलाई गराउनुपर्ने बताए । सङ्घीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने गरी सरकारले गतिविधि गरिरहेको उनले टिप्पणी गरे ।

त्यस्तै उनले नागरिकताको विषय धेरै गम्भीर विषय भएको भन्दै यसलाई द्रुत गतिबाट छिटो टुङ्गो लगाउनुपर्ने धारणा राखे ।

बैठकमा बोल्दै कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नेपालको परराष्ट्र नीति प्रस्ट र एकरूपता हुनुपर्नेमा जोड दिए । उनले एमसिसीका बारेमा भएका टिका टिप्पणीबारे सरकारको प्रस्ट धारणा आउनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का सांसद बिना पोखरेलले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको जनाउँदै नागरिकतासम्बन्धी विधि सरल भए पनि नीति कठोर हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =