राज्यलाई डरलाग्दो गरी विचौलियाकरण गरियो : प्रदीप ज्ञावली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले राज्यलाई विचौलियाकरण गरिएको आरोप लगाएका छन् । पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले करको दर हेरफेर देखि सत्ता सञ्चालनको मूल केन्द्रमै बिचौलिया हाबी हुने गरेको भन्दै जनहितमा भन्दा पनि व्यक्ति र स्वार्थ समूहको हितमा सरकारका जिम्मेवार व्यक्ति लागी परेको बताए ।

‘म मन्त्री भइसकेको व्यक्ति हुँ, अहिले दुई थरी तरकारी पकाउने अवस्थामा छैन ।’ पूर्व मन्त्री समेत रहेका नेता ज्ञवालीले भने – ‘गरिबिको रेखामुनि रहेका नागरिकको हालत के होला रु सरकारले यो वर्गको सम्बोधन गर्न चुकिरहेको छ । अनुहार हेरि हेरि उद्योगीलाई छुट दिने काम गरिएको छ ।’

जनता महँगीको मारमा परिरहँदा सरकार सीमित व्यक्ति र घरानालाई मात्र पोस्ने गरी बजेटमार्फत नीतिगत व्यवस्था गरिनु दुखद कुरा रहेको बताए । उनले कालो धनलाई सेतो बनाउने बाटोमा निरन्तर हिँड्नु र स्रोत नखुलेको रकम जफत गर्न खोज्दा राष्ट्र बैँकका गभर्नरमाथि तारो बनाउने काम हुनुले सरकारको प्राथमिकता प्रस्ट भएको बताए ।

‘अहिले मुलुकभित्र कुशासनको कुरूप तस्बिर देखिएको छ,’ ज्ञवालीले भने, ‘राजनीतिक गठबन्धनको नाममा खतरनाक वित्तीय अपराधीकरण भइरहेको छ ।’

सरकारले समयमा किसानलाई मल, विद्यार्थीलाई पाठ्यपुस्तक दिन नसक्नु असक्षम हुनुको सूचक रहेको संकेत गरे । वस्तु तथा सेवा प्रवाहमा सरकार पाइला पाइला चुकेको भन्दै पार्टीले उपभोक्ताका मुद्दामार्फत सरकारलाई व्यापक जनदबाब दिइरहने बताए ।

विभागका प्रमुख यज्ञराज सुनुवारले जनजीवनसँग जोडिएका सवाललाई निरन्तरले पार्टीले खबरदारी गर्ने बताए । विभागका सदस्यहरू हरि मैनाली, कुमारी खरेललगायतले वस्तु तथा सेवामार्फत उपभोक्ताको हित सङ्कुचित हुन नदिन निरन्तर लागि पर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 13 =