इंग्ल्यान्डविरुद्ध भारतलाई सिरिज

काठमाडौँ । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा खेलिएको तीन खेलको एकदिवसीय शृंखलाको तेस्रो खेलमा भारतले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ४५.५ ओभरमा २५९ रनमा अलआउट भयो । जवाफमा भारतले एक समयमा ७२ रनमा चार विकेट गुमाएको थियो । रोहित शर्मा, शिखर धवन, विराट कोहली र सूर्यकुमार यादव प्याभिलियन फर्किएका थिए । त्यसपछि हार्दिक पाण्ड्या र ऋषभ पन्तले मिलेर खेलको काँटछाँट गरे । दुवैले पाँचौं विकेटका लागि १३३ रनको साझेदारी गरे ।

हार्दिक पाण्ड्याले ५५ बलमा ७१ रन बनाए । योसँगै ऋषभ पन्त ११३ बलमा १२५ रन बनाएर अविजित रहे । यो उनको एकदिवसीय क्रिकेटमा पहिलो शतक हो । यी दुईको इनिङ्सका कारण भारतीय टोलीले ४२.१ ओभरमा लक्ष्य पूरा गर्‍यो । रविन्द्र जडेजा पनि ७ रनमा अविजित रहे ।

पन्तले डेभिड विलीको ४२औं ओभरमा लगातार पाँच चौका प्रहार गरे । पन्त खेलको प्लेयर अफ द म्याच घोषित भए । योसँगै हार्दिकलाई प्लेयर अफ द सिरिज घोषित गरियो । हार्दिकले एकदिवसीय शृङ्खलामा तीन इनिङ्समा १०० रन बनाएका थिए भने ६ विकेट पनि लिएका थिए । यो जितसँगै भारतीय टोलीले तीन खेलको एकदिवसीय सिरिज पनि २-१ ले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *