नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको चौथो खेलमा स्कटल्यान्डले नेपाललाई ८ विकेटले पराजित गरेको छ । नेपालले दिएको १२९ रनको लक्ष्य पछाएको स्कटल्यान्डले १९ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

स्कटल्यान्डका लागि कलुम म्याकलेओडले ६४ रन बनाए भने कील कोएत्जरले अविजित ४५ रन बनाए । त्यस्तै क्रोस्टोफर म्याक ब्राइड १० रन बनाएर आउट भएका थिए । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा अलआउट हुँदै १२८ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले ४० रन बनाए भने कप्तान सन्दीप लामिछानेले २२ रन बनाए भने विनोद भण्डारीले १३ रन बनाए । त्यस्तै देव खनाल र रोहित पौडेलले १०-१० रन बनाए ।

स्कटल्यान्डका बलर हाम्जा ताहिरले सर्वाधिक ४ विकेट लिए भने मार्क वाटले ३ विकेट, गाभिन मैनले २ र क्रिस्टोफर म्याकब्राइडले एक विकेट लिए ।

यो जितपछि आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड २४ खेलमा ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाल भने अहिलेसम्म २० खेल खेलेर १७ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *