कोरोना संक्रमणबाट एक जनाको मृत्यु, अत्यावश्यक बाहेक हिँडडुल नगर्न आग्रह

विराटनगर । प्रदेश १ मा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।  प्रदेश १ मा ४ महिनायता पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो । शनिबार सुनसरी रामधुनी–७ की ५७ बर्षीया महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाको क्रममा उनको मृत्यु भएको हो ।  कोभिड विरुद्धको दोस्रो डोज खोप लगाएकी महिला असार ३० गते अस्पताल भर्ना भएकी थिइन् ।  उनको मृत्युसँगै गत वर्ष चैत ७ गतेपछि असार ३२ गतेसम्म  तीनै एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

महिलाको मृत्युसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २६१ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमितको मृत्यु भएपछि सरकारी निकायको सक्रियता बढेको छ।

विराटनगर महानगरपालिकाले नगरवासीलाई अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न आग्रह गरेको छ। एक सूचना जारी गर्दै कोभिडको संक्रमण बढ्दै गएकोले  अत्यावश्यक बाहेक हिँडडुल नगर्न र हिँड्नै पर्ने भए अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको हो ।

महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जारी गरेको सूचनामा अत्यावश्यक नभई घरबाट बाहिर नजान, अनावश्यक रूपमा नहिँड्न, भौतिक दूरी कायम गर्न तथा मास्कको प्रयोगलाई निरन्तरता दिन आग्रह गरेका छन्  । साथै महानगरपालिकाले जनस्वास्थ्यका सबै मापदण्ड पूरा गरी सहयोग गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *