धनगढीमा विशेषज्ञ वडा क्लिनिक सेवा सुरू गर्दै मेयर हमालले भने, ‘अब कुखुरा बेच्नु पर्दैन’

धनगढी । धनगढीमा प्रत्येक वडामा विशेषज्ञ वडा क्लिनिक सेवा सुरु भएको छ । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बिच सेवाको शुभारम्भ गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १९ बाट सेवाको शुभारम्भ गरिएको हो । धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै वडाहरूमा विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यो सेवा प्रत्येक महिना तालिका अनुसार १९ वटै वडामा निःशुल्क प्रदान गरिने मेयर गोपालले बताए ।

ुगरिब विपन्नलाई आफ्नो उपचार गर्न कुखुरा, बाख्रा बेच्नुपर्ने अवस्था थियोु, उनले भने, ुकमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्य सेवा नपाई रोगसँग लड्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य हो ।ु उनले अहिले प्रत्येक महिनाको एक दिन हरेक महिनाको एक दिन विशेषज्ञ सेवा दिइने पछि बिस्तारै १५ दिन र एक हप्ताको अन्तरमा सेवा दिन कोसिस गरिने बताए ।

हमालले चुनावी प्रतिबद्धता अनुसार १९ वटै वडामा हरेक महिना विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने बताएका थिए । धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालन गर्न आवश्यक पर्ने दुई जना विशेषज्ञ डाक्टरको तलब र भत्ता भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यस अघि नै भएको छ ।

उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । विशेषज्ञ वडा क्लिनिक सेवा शुभारम्भ कार्यक्रममा प्रदेश सभा सदस्यहरू, जनप्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *