जनार्दन प्रकरण : समितिले गर्याे राजस्व सचिवसँग सोधपुछ
२०७९ साउन १ गते

फाइल फाेटाे
काठमाडाैँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि छानबिन गर्न बनेको विशेष संसदीय समितिले राजस्व सचिवसँग सोधपुछ गरेकाे छ । आइतबार सिंहदरबारमा बसिरहेकाे समितिकाे बैठकले राजस्व सचिव कृष्णहरि पुस्करसँग सोधपुछ गरेको छ । समितिका एक सदस्यकाअनुसार समितिले सत्यतथ्य बाहिर ल्याउनका लागि उनीसँग साेधपुछ गरेकाे हाे ।
आज २०७९/०८० को बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गराएर राजस्व दरमा हेरफेर गराएको आरोपपछि तत्कालीन अर्थमन्त्री शर्माले गत असार २२ गते पदबाट राजीनामा दिएका हुन् ।
समितिले गत मंगलबार विवरण र सीसीटीभी फुटेज मगाएको थियो । आइतबारदेखि बजेट निर्माणमा संलग्न व्यक्तिहरुसँग सोधपुछ गर्न थालिएको छ ।
समितिले बनाएकाे कार्यविधिमा उनै शर्मालाई समेत साेध्ने भनिएकाे छ ।
२०७९ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








