ओली सरकार ढल्नुमा विदेशीको साथ छ : उपेन्द्र यादव

काठमाडौँ । सत्तारूढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारलाई हट्नुमा विदेशीकाे साथ रहेकाे बताएका छन् ।

नेपाल–चीन हिमालयनमैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था : यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भूराजनीतिक प्रभावका कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन् ।

“हाम्रो मुलुक ल्यान्डलक मुलुक हो । अल्पविकसित मुलुक हो । र, राजनीतिक रूपमा अहिले पनि अस्थिर नै छ । यति अस्थिर छ, हाम्रो पूर्वप्रधानमन्त्रीजी हुनुहुन्छ, उहाँसँगसँगै म उहाँकै क्याबिनेटको उपप्रधानमन्त्री थिएँ । म पूर्व भएँ । केही दिनपछि उहाँ पनि पूर्व हुनुभएछ । यो पनि भूराजनीतिकै प्रभाव हो,” उनले भने, “कतै न कतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरुदेखि नै प्रभावित भएर आएको छ । राजनीतिक अस्थिरता नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरु धेरै छन । तर, बाह्य कारणहरु पनि जोडिएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =