हतियार किन्न पैसा छैन : गृहमन्त्री
२०७९ असार ३२ गते

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले हतियार किन्न कुनै याेजना नबनाएकाे बताएका छन् ।
शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्दै खाँणले हतियार किन्ने कुनै याेजना नरहेकाे बताएका हुन् । त्यस्तै, उनले हतियार किन्नका लागि पैसा समेत नभएको उल्लेख गरेका छन् ।
उनले हतियार किन्नु प्रहरीकाे नियमित प्रक्रिया भएकाे भन्दै हतियार किन्ने निर्णय पुरानाे भएकाे बताएका हुन् ।
उनले भने, ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ गृहमन्त्री खाँणले भने, ‘हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’
उनले याे प्रक्रिया अघि नबढ्ने समेत बताएका छन् ।
२०७९ असार ३२ गते
प्रतिक्रिया
सम्बन्धित








